Kathmandu Press

म्यानमारको सेनाद्वारा अमेरिकी पत्रकार पक्राउ

काठमाडौं, जेठ ११ : झुटो समाचार लेखेको आरोपमा म्यानमारको सेनाले सोमबार अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई पक्राउ गरेको छ। फेन्स्टर म्यानमारको स्थानिय पत्रिका फ्रन्टियरका प्रबन्ध...
म्यानमारको सेनाद्वारा अमेरिकी पत्रकार पक्राउ
अमेरिकी पत्रकार ड्यानी फेन्स्टर

काठमाडौं, जेठ ११ : झुटो समाचार लेखेको आरोपमा म्यानमारको सेनाले सोमबार अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई पक्राउ गरेको छ। 

फेन्स्टर म्यानमारको स्थानिय पत्रिका फ्रन्टियरका प्रबन्ध सम्पादक हुन्। उनलाई याङगुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको म्यारमारको द इन्डिपेन्डेट पत्रिकाले जनाएको छ।

म्यानमानरमा फेबु्रअरी १ मा सेनाले सत्ता कब्जा गरेपछि उनी पक्राउ परेका चौथो विदेशी पत्रकार हुन्। यसअघि पोल्याण्डका पत्रकार रोबर्ट बोसियागा, जापानका पत्रकार युकि किताजुमी र अमेरिकाका पत्रकार नाथान मौङलाई म्यानमारमा भइरहेको सौनिक ‘कु’ विरुद्ध झुटो समाचार लेखेको आरोप लगाउँदै पक्राउ गरिएको थियो। 

‘हामीलाई थाहा छैन ड्यानीलाई किन हिरासतमा लिइएको हो र आज (आइतबार) बिहानदेखि उनीसँग सम्पर्क हुन सकेको छैन्,’ फ्रन्टियरका प्रधान सम्पादकले भने, ‘हामी उनको सुरक्षाको सवालमा चिन्तित छौं र उनको तत्काल रिहाइका लागि आह्वान गर्छौं। हाम्रो प्राथमिकताहरू अहिले उनी सुरक्षित छन् भनेर निश्चित गर्नु र उनलाई आवश्यक पर्ने सहयोग प्रदान गर्नु हो।’

अमेरिकी विदेश मन्त्रालयले फेन्स्टरको पक्राउको रिपोबारे सचेत रहेको बताएको छ। ‘हामी विदेशमा अमेरिकी नागरिकहरूलाई सहयोग गर्ने हाम्रो जिम्मेवारीलाई गम्भीरताका साथ लिन्छौं र परिस्थितिलाई अनुगमन गरिरहेका छौं,’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने । 

प्रकाशित मिति: १२:०७ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्