रुपन्देहीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु
बुटवल, जेठ ११ : रुपन्देहीका विभिन्न अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।मृतकमध्ये तीनजना जिल्लाकै र अन्यमा पाल्पा, नवलपरासी र कपिलवस्तुका...
बुटवल, जेठ ११ : रुपन्देहीका विभिन्न अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृतकमध्ये तीनजना जिल्लाकै र अन्यमा पाल्पा, नवलपरासी र कपिलवस्तुका एक/एक जना रहेको बताइएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिक, भीम अस्पताल र युनिभर्सल शिक्षण अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको जनाइएको छ।
प्रकाशित मिति: ११:५६ बजे, मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











