Kathmandu Press

मालीका राष्ट्रपतिलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसंघको आह्वान

वासिङटन, जेठ ११ : मालीका राष्ट्रपति बहा नदाव र प्रधानमन्त्री मोक्तार ओउनेलाई सेनाले हिरासतमा लिएपछि उनीहरूलाई तत्काल रिहा गर्न संयुत्तm राष्ट्र संघले आह्वान...
मालीका राष्ट्रपतिलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसंघको आह्वान
मालीका राष्ट्रपति बहा नदावलाई नियन्त्रणमा लिँदै त्यहाँको सेना। तस्बिर : रोयटर्स

वासिङटन, जेठ ११ : मालीका राष्ट्रपति बहा नदाव र प्रधानमन्त्री मोक्तार ओउनेलाई सेनाले हिरासतमा लिएपछि उनीहरूलाई तत्काल रिहा गर्न संयुत्तm राष्ट्र संघले आह्वान गरेको छ। 

मालीको सेनाले राष्ट्रपति नदाव र प्रधानमन्त्री ओउनेलाइ सोमबार हिरासतमा लिएको हो। राष्ट्रपति नदाव र प्रधानमन्त्री ओउनेलाई सेनाले गिफ्तार गरी राजधानी बामाको नजिकै रहेको काटी सैन्य शिविरमा लगेर राखेको मालीस्थित संयुत्त राष्ट्र संघको कार्यालयले बताएको छ। 

सेनाले रक्षामन्त्री सौलेमाने डक्युरोलाई पनि पक्राउ गरेको बताइएको छ। अफ्रिकी संघ, पश्चिम अफ्रिकी मुलुकको आर्थिक समुदाय, युरोपेली संघ र अमेरिकाले पनि पक्राउको निन्दा गर्नुका साथै मालीका शीर्ष राजनीतिज्ञलाई बिनासर्त रिहा गर्नुपर्ने बताएको छ। 

प्रकाशित मिति: ११:४४ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्