Kathmandu Press

युवाको सक्रियतामा १५ शय्याको आइसोलेशन

काठमाडौं, जेठ ११ : स्थानीय युवाहरुको सक्रियतामा काठमाडौं महानगरपालिका–९ मा १५ शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ। नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो लहरको प्रभाव बढेसँगै...
युवाको सक्रियतामा १५ शय्याको आइसोलेशन

काठमाडौं, जेठ ११ : स्थानीय युवाहरुको सक्रियतामा काठमाडौं महानगरपालिका–९ मा १५ शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ। 

नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो लहरको प्रभाव बढेसँगै महानगरपालिकाको प्राविधिक सहयोगमा मातृका आँखा केन्द्रको व्यवस्थापनमा  शारदा माध्यमिक विद्यालयमा १५ शय्याको आइसोलेशन केन्द्र सोमबारदेखि सञ्चालनमा आएको हो। विजयचोक युवा क्लब, मिरमिरे युवा समाज, सिनामङ्गल युथ एलायन्स, पञ्चकुमारी समाज, कृति फाउण्डेशन तथा नव न्यानो फाउण्डेशनको स्वयंसेवामा सबै वर्ग तथा होम आइसोलेशनमा बसी उपचार गर्न निर्देशन पाएका व्यक्तिका लागि आइसोलेशन केन्द्र सञ्चालन गरिएको हो। 

हाल १५ शय्याबाट शुरु भए पनि चाप बढेसँगै यसको क्षमता विस्तार गरी ६० शय्यासम्म बनाउने तयारी गरिएको केन्द्रका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए। चौबीसै घण्टा चिकित्सक र नर्स सेवासहित निःशुल्क औषधि तथा खाना व्यवस्थापन, दैनिक योग अभ्यास र घरमै आइसोलेशनमा बसेका बिरामीका लागिसमेत टेलिफोनबाट परामर्श सेवा उपलब्ध गराउने व्यवस्था गरिएको केन्द्रले जनाएको छ।

अक्सिजन, भेन्टिलेटर र आइसियू सेवा आवश्यक पर्ने बिरामीबाहेकका अन्य कोरोना पोजिटिभ देखिएका बिरामीलाई केन्द्रबाट निःशुल्क सेवा उपलब्ध गराइने छ। परिवारका अन्य सदस्यसँग निरन्तर सम्पर्क रहनसक्ने व्यवस्था मिलाइएको आइसोलेशन केन्द्रका संयोजक सन्तोष नेपालले बताए। 

सेन्टरमा सेवा लिनका लागि बिरामी तथा आफन्तले ९८५१०२९०५९ सन्तोष नेपाल, ९८५१०६१२१४ दिनेशविक्रम शाह, ९८४९९५०९०९९ देवेन्द्र आचार्य र ९८५१०९६३८७ शिव मगरातीसँग सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रकाशित मिति: ०८:०७ बजे, मंगलबार, जेठ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्