Kathmandu Press

विद्यार्थीहरुलाई तत्काल आ-आफ्ना क्याम्पसको सम्पर्कमा आउन त्रि.वि.को आग्रह 

काठमाडौं, जेठ १० : त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण विद्यार्थीहरुलाई तत्काल आ आफ्ना क्याम्पसको सम्पर्कमा आउन आह्वान गरेको छ ।विश्वविद्यालयले आज एक अपिल सार्बजनिक गर्दै कोरोना...
विद्यार्थीहरुलाई तत्काल आ-आफ्ना क्याम्पसको सम्पर्कमा आउन त्रि.वि.को आग्रह 

काठमाडौं, जेठ १० : त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण विद्यार्थीहरुलाई तत्काल आ-आफ्ना क्याम्पसको सम्पर्कमा आउन आह्वान गरेको छ ।

विश्वविद्यालयले आज एक अपिल सार्बजनिक गर्दै कोरोना महामारीका कारण लामो समयसम्म पठनपाठन प्रभावित भएको भन्दै आ आफ्ना क्याम्पसको सम्पर्कमा आउन आह्वान गरेको हो ।

‘यस विषम परिस्थितिसँग जुध्न आफ्नो तर्फबाट हुन सक्ने र गर्न सकिने सबै प्रकारको सहयोग अगाडि बढाउन र पठनपाठन अवरुद्ध हुन नदिनका लागि बैकल्पिक विधि मार्फत् सुचारु भइरहेका कक्षाहरुलाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी रहेका कक्षाहरु सुचारु गर्न, रोकिएका परीक्षाहरु पनि बैकल्पिक विधिबाट लिन आवश्यक व्यवस्था मिलाउनकालागि सम्बन्धित सबैलाई यसैमा केन्द्रीत भई अगाडि बढ्न र सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आआफ्ना विभाग, क्याम्पस, स्कुल तथा डीन कार्यालयको सम्पर्कमा आउन पनि यसै विज्ञप्ति मार्फत हार्दिक अनुरोध गर्दछु ’, उपकुलपति प्रा.डा. धर्मकान्त वास्कोटाद्धारा जारी अपिलमा उल्लेख छ ।

यस्तै, महामारीमा संघर्ष गरी रहनुहुने सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दे अन्य सबैलाई स्वास्थ्यका सबै मापदण्ड अपनाई सुरक्षित रहन पनि आग्रह गरिएको छ । 

प्रकाशित मिति: २०:५४ बजे, सोमबार, जेठ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्