खोप सहायतामा नेपाललाई प्राथमिकता दिन अमेरिकासँग अनुरोध
काठमाडौं, जेठ १० : सरकारले कोभिड-१९ विरुद्धको खोप सहायताका लागि अमेरिकासँग अनुरोध गरेको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनसँग खोप सहयोगका...
काठमाडौं, जेठ १० : सरकारले कोभिड-१९ विरुद्धको खोप सहायताका लागि अमेरिकासँग अनुरोध गरेको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनसँग खोप सहयोगका निम्ति अनुरोध गरेका हुन्।
मन्त्रीद्वयबीच आज (सोमबार) भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्रीले विकासोन्मुख देशहरुलाई अमेरिकाले बचत भएका खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपविदेशमन्त्री शेर्मनले हालैको महामारीसहित नेपालको सामाजिक-आर्थिक क्षेत्रमा नयाँ अमेरिकी सरकारले निरन्तर सहयोग गर्ने आश्वासन दिँदै दशकौँ पुरानो अमेरिका-नेपाल मैत्रीको सराहना गरे।
प्रक्रियामा रहेका अमेरिकी सहायताअन्तर्गतका महत्वपूर्ण परियोजनाबाट नेपालको समृद्धिका थप द्वारहरु खोल्ने विश्वास पनि नले व्यक्त गरे।
उनीहरुबीच नेपाल-अमेरिका सम्बन्धका विविध पक्षका साथै कोभिड –१९ को महामारीको सन्दर्भमा सहयोग र अन्तर्राष्टिय चासोका साझा विषयमा विचारमिवर्श भएको थियो।
‘द्विपक्षीय सम्बन्धका समग्रस्थितिप्रति सन्तुष्टि जनाउँदै दुवै पक्ष पारस्परिक हितका खातिर द्विपक्षीय एवं बहुपक्षीय सहकार्यलाई अघि बढाउन सहमत भएका छन्,’ मन्त्रालयले जारी गरेकोे विज्ञप्तिमा भनिएको छ।











