Kathmandu Press

कक्षा १० र १२ को परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्ने सम्भावना न्यून : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, जेठ १० : शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई र कक्षा १२ को परीक्षाका विकल्पबारे छलफल भइरहेको बताएका छन्।उनले...
कक्षा १० र १२ को परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्ने सम्भावना न्यून : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, जेठ १० : शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई र कक्षा १२ को परीक्षाका विकल्पबारे छलफल भइरहेको बताएका छन्।

उनले कोरोना संक्रमण व्यापक रूपमा बढ्दै गएकाले उक्त परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्यून हुँदै गएकाले वैकल्पिक रूपमा कसरी परीक्षा सञ्चालन गर्न सकिन्छ भनेर मन्त्रालयले गम्भीरतापूर्वक सोचिरहेको उल्लेख गरेका छन्।  

सोमबार एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा मन्त्रालयले यसै महिनाभित्र निर्णय लिने जानकारी दिए।

उनले आगामी आर्थिक वर्ष २०७८/७९ मा शिक्षा क्षेत्रमा बजेट बढ्न सक्ने बताए। उनले अनेरास्ववियुद्वारा शिक्षामा २० प्रतिशत बजेट मा गरिएको र सरकारले पनि बजेट वृद्धिबारे सोचविचार गरिरहेको उनले बताए।

अनेरास्ववियुले बुझाएको ज्ञापनपत्रमा विद्यालय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गरी असार १ बाटै नया शैक्षिक सत्र थाल्न माग गरेको छ।

अन्य मागमा सबै विद्यार्थीको पहुँच पुग्ने गरी अनलाइन माध्यमबाट नियमित पठनपाठन सुनिश्चित गर्नुपर्ने, भौतिक उपस्थितिमा पढाइ नहुँदासम्मको अवधिको शिक्षण शुल्क मिनाहा गर्नुपर्नेलगायत छन्।

प्रकाशित मिति: १६:४५ बजे, सोमबार, जेठ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्