उपत्यकामा थपिए २७ सय संक्रमित
काठमाडौं, जेठ १० : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ८५ जना संक्रमित थपिएका छन्।यी मध्ये काठमाडौंमा सर्वाधिक १ हजार...
काठमाडौं, जेठ १० : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ८५ जना संक्रमित थपिएका छन्।
यी मध्ये काठमाडौंमा सर्वाधिक १ हजार ८ सय ६ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, ललितपुरमा ६ सय ८१ र भक्तपुरमा २ सय ९८ जनामा संक्रमण देखिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ७ हजार ४ सय २५ जनामा संक्रमण पुष्टि भएको छ भने १८५ जनाको मृत्यु भएको छ । यस्तै, ७ हसार १ सय ३५ जना कोरोना संक्रमण मुक्त भएका छन्।
प्रकाशित मिति: १६:३७ बजे, सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











