Kathmandu Press

अष्ट्रेलियाका विश्वविद्यालहरुद्वारा विदेशी विद्यार्थीलाई भित्रिन दिन आग्रह

क्यानबेरा जेठ १० : अष्टेलियाका विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहलाई अष्ट्रेलिया फर्किन दिन यहाँको सरकारलाई आग्रह गरेको बताइएको छ।कोरोना भाइरसको महामारीका कारण यहाँका विश्वविद्यालयहरुमा भर्ना...
अष्ट्रेलियाका विश्वविद्यालहरुद्वारा विदेशी विद्यार्थीलाई भित्रिन दिन आग्रह

क्यानबेरा जेठ १० : अष्टेलियाका विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहलाई अष्ट्रेलिया फर्किन दिन यहाँको सरकारलाई आग्रह गरेको बताइएको छ।

कोरोना भाइरसको महामारीका कारण यहाँका विश्वविद्यालयहरुमा भर्ना हुने विद्यार्थीको संख्या घट्दै गएको छ। महामारीका कारण विदेशी विद्यार्थी अष्ट्रेलिया फर्किन पाएका छैनन्।
 
अष्ट्रेलियाले कोरोना भाइरसको पहिलो लहर शुरु भएदेखि नै अहिलेसम्म विदेशी विद्यार्थीहरुलाई फर्किन दिएको छैन। महामारी शुरु भएपछि कतिपय देशका विद्यार्थीहरुलाई आफ्नो घर जान दिएको सो देशले लामो समयदेखि हवाई उड्डयन खुलाएको छैन ।
 
जसका कारण विदेशी विद्यार्थीहरु अष्ट्रेलिया फर्किन पाएका छैनन्। अष्ट्रेलियाका विश्वविद्यालयहरुको पछिल्लो तथ्यांकअनुसार यहाँ पहिलेका वर्षहरुको तुलनामा विश्वविद्यालय भर्नामा ३३ प्रतिशत कमी आएको छ।
 
यसका कारण यहाँका विश्वविद्यालयहरुको बजेटमा पनि धेरै कमी आएको देखिएको छ। त्यसैले यहाँका विश्वविद्यालहरुले आफ्ना देशका गएका विदेशी विद्यार्थीहरुलाई स्वदेश फर्किन दिन र नयाँ विद्यार्थीलाई पनि अष्ट्रेलिया आउन दिने व्यवस्थाका लागि आग्रह गरेका हुन्।

प्रकाशित मिति: १५:१७ बजे, सोमबार, जेठ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्