Kathmandu Press

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : गच्छदार

काठमाडौं, असार ५ : कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधान विरोधी विधेयक ल्याएबापत प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने ब....

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : गच्छदार

काठमाडौं, असार ५ : कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधान विरोधी विधेयक ल्याएबापत प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बिहीबार  बोल्दै गच्छदारले भने, ‘गुठी विधेयक ल्यायो, फिर्ता गर्‍यो भनेर मनोमानी भनिदिने ? फिर्ता गर्नु बहादुरी हैन । संविधानविरोधी विधेयक ल्याएर प्रधानमन्त्रीले गल्ती गर्नुभएको छ । उहाँले नैतिक रूपले जिम्मा लिनुपर्छ । राजीनामा पनि दिन तयार हुनुपर्छ । म राजीनामा त्यसै माग्दिनँ, दुई तिहाइ बहुमतको सरकार छ ।’

ओली पहिलोपल्ट प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री भइसकेका गच्छदारले भने, ‘गुठी विधेयक ल्याएर अहिलेको सरकारले संविधान विरोधी काम ग¥यो । संविधानको मर्म र भावनाविपरीत विधेयक ल्याएको निष्कर्ष भयो । जनताले आन्दोलन गरेपछि सरकारले भर्खरै ल्याएको विधेयक फिर्ता लियो। विधेयक ल्याउनुअघि सरकारले पर्याप्त होमवर्क गर्नुपथ्र्यो कि पर्दैनथ्यो ? दुई चोटी भइसकेको परिपक्व प्रधानमन्त्रीले विधेयक ल्याउनु अघि त्यसको लाभहानी केलाउनु पथ्र्यो कि पर्दैनथ्यो ? लोकतन्त्र, स्वतन्त्रता र जनताको अधिकारको लागि लडेको, लामो संघर्ष गर्नुभएको अहिलेको प्रधानमन्त्रीले विधेयक ल्याउनुअघि सरकारका मन्त्रीहरूसँग मात्र हैन, स्टेकहोल्डर र प्रतिपक्षसँग पनि छलफल गर्नु पथ्र्यो कि पर्दैनथ्यो ?’

‘संघीय लोकतान्त्रिक गणतन्त्र साझा एजेण्डा हो । यसलाई कमजोर गर्न प्रधानमन्त्रीलाई कसले, कुन संविधानले अधिकार दिएको छ ? संविधानको मूल्यमान्यता हनन् गर्न कसले अधिकार दिएको छ । प्रधानमन्त्री स्वेच्छाचारी हुनसक्दैन । संविधानले संसद्लाई सावैभौम मानेको छ’, उनले प्रश्न गरे, ‘प्रधानमन्त्रीलाई सबैभन्दा शक्तिशाली मानेको छ । जुन विधेयकले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई हनन गर्छ । धार्मिक स्वतन्त्रतालाइ हनन् गर्छ । जुन विधेयकले वाक स्वतन्त्रता र अभिव्यक्तिको स्वतन्त्रतालाई कुण्ठित गर्छ । किन ल्याउनुपर्‍यो, त्यस्तो विधेयक ?’

प्रकाशित मिति: १२:४८ बजे, बिहीबार, असार ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्