Kathmandu Press

त्रिभुवन विमानस्थल आंशिक रुपमा खुल्यो

काठमाडौं, माघ १३ : बिहानैदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आंशिक रुपमा खुलेको छ ।

त्रिभुवन विमानस्थल आंशिक रुपमा खुल्यो

काठमाडौं, माघ १३ : बिहानैदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आंशिक रुपमा खुलेको छ ।

भिजिबिलिटी कम भएपछि विमानस्थलमा बिहानैदेखि उडान–अवतरण ठप्प भएको थियो । “अहिले आइएफआरतर्फको उडान–अतवरण खुलेको छ,” विमानस्थलका अप्रेसन प्रमुख उत्सव खरेलले जानकारी दिए ।

मौसममा आएको खराबीका कारण बिहानैदेखि कुनै पनि उडान हुन नसकेको भएपनि अहिले केही खुलेको खरेलले जानकारी दिए । आंशिक खुलेसंगै अन्तर्राष्ट्रिय उडानका जहाजहरुको अवतरण सुरु भएको विमानस्थल कार्यलयले जनाएकाे छ ।

जाडाे याममा बाक्लो हुस्सु र तुयाँलोका कारण भिजिबिलिटी कम हुने गर्दछ । “हरेक जाडोमा यस्तो समस्या आउने गरेको छ तर यसवर्ष भने पहिलो पटक समस्या आएको हो,” खरेलले भने ।

प्रकाशित मिति: ११:०० बजे, आइतबार, माघ १३, २०७५