Kathmandu Press

विवेकशील साझाले भन्यो– नागरिकतासम्बन्धी अध्यादेश कुत्सित र दूषित मनशायबाट प्रेरित

विवेकशील साझाले भन्यो– नागरिकतासम्बन्धी अध्यादेश कुत्सित र दूषित मनशायबाट प्रेरित

काठमाडौं, जेठ १० : विवेकशील साझा पार्टीले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आइतबार जारी नागरिकतासम्बन्धी अध्यादेशप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आज (सोमबार) एक विज्ञप्ति जारी गरेर उक्त पार्टीले नागरिकताजस्तो अत्यन्तै गम्भीर विषयलाई विवेकशीलको ठहर छ। राजनीतिक रूपमा संवेदनशील समयमा अमूक दलहरूबीचको सौदाबाजीका रूपमा अध्यादेश ल्याइनु पूर्णतः कुत्सित र दूषित मनशायबाट प्रेरित देखिने उल्लेख गरेको छ।

गलत प्रक्रिया र ध्येयबाट ल्याइएको भए पनि अध्यादेशले केही महत्त्वपूर्ण विषयलाई सकारात्मक रूपमा सम्बोधन गरेको उल्लेख गर्दै बोल्नुपर्ने केही विषयमा त्यो मौन रहेको विज्ञप्तिमा उल्लेख छ।

जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकले नागरिकता प्राप्त गरेको मितिपछिका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्नु न्यायसङ्गत रहेको भन्दै पार्टीले त्यसको स्वागत गरेको छ।

 ‘तर पुरूष र महिलाबीच नागरिकताको विषयलाई विभेदकारी बनाउन मिल्दैन। पुरूष र महिला दुवै समान अधिकारको हकदार छन्। अध्यादेश त्यसमा चुकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाल नेपाली पुरूषले विदेशी महिला विवाह गरे उनले तुरून्तै नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरूषसँग विवाह गरे ती पुरूषले नागरिकता लिन कठिन हुने प्रावधान विद्यमान छ।’

विवेकशील साझाले विज्ञप्तिमार्फत भनेको छ, ‘नेपालीसँग विवाह गर्ने पुरूष या महिला जो भए पनि उनीहरूले नेपाली नागरिकता पाउनुअगाडि संविधानका अन्य सर्तहरू पूरा गर्नुका साथै ७ वर्ष नेपालमा स्थायी बसोबास गरेको हुनुपर्ने विषयमा अध्यादेश मौन छ ।’ 

आमाको नाममा नागरिकता लिँदा बुवाको परिचय खुलाउनुपर्ने व्यवस्था विभेदकारी रहेको उक्त पार्टीका ठहर छ।

प्रकाशित मिति: १३:३४ बजे, सोमबार, जेठ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्