जंगली च्याउ खाँदा एकको मृत्यु
सङ्खुवासभा, जेठ १० : सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ। च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु...
सङ्खुवासभा, जेठ १० : सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ। च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा ४ का अध्यक्ष सजित राईले जानकारी दिए।
च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको वडाध्यक्ष राईले बताए। गत बिहीबार जङ्गलबाट ल्याएको जङ्गली च्याउ खाँदा लालबहादुर र उनकी आमा ७० वर्षीया राधिकासमेत बिरामी भएका थिए।
प्रकाशित मिति: १२:४२ बजे, सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

