Kathmandu Press

अमेरिकाद्वारा इथियोपिया र इरिट्रियामाथि प्रतिबन्ध

वासिङ्टन, जेठ १० : अमेरिकाले अफ्रिकी मुलुक इथियोपिया र इरिट्रियामाथि प्रतिबन्ध लगाएको छ।इथोपियाको टिग्रे क्षेत्रमा भइरहेको द्वन्द्वलाई बेवास्ता गरेको भन्दै अमेरिकाले आइतबार ती...
अमेरिकाद्वारा इथियोपिया र इरिट्रियामाथि प्रतिबन्ध

वासिङ्टन, जेठ १० : अमेरिकाले अफ्रिकी मुलुक इथियोपिया र इरिट्रियामाथि प्रतिबन्ध लगाएको छ।

इथियोपियाको टिग्रे क्षेत्रमा भइरहेको द्वन्द्वलाई बेवास्ता गरेको भन्दै अमेरिकाले आइतबार ती दुई मुलुकमाथि आर्थिक सहयोग र सुरक्षामा प्रतिबन्ध लगाएको हो।

त्यस्तै इथियोपिया र इरिट्रियाका उच्च अधिकारीहरुले द्वन्द्व र शत्रुतालाई समाप्त गर्न कुनै पनि अर्थपूृर्ण कदम नचालएको भन्दै अमेरिकाले ती दुवै मुलुकका अधिकारीहरुमाथि भिसा प्रतिबन्ध पनि लगाएको छ। 

तर दुई मुलुकको स्वास्थ्य, साद्य, शिक्षाजस्ता अत्यन्त आवश्यक क्षेत्रमा गरिने अनुदान र सहयोगमाथि भने प्रतिबन्ध नलगाइने अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकनले बताएका छन्। 

‘टिग्रे क्षेत्रका मानिसले मानवअधिकार उल्लंघन, दुरुपयोग र अत्याचारको निरन्तर सामना गर्नुपरेको छ। इथियोपियाली तथा इरिट्रियाली सेनाका साथै अन्य सशस्त्र विद्रोही समूहद्वारा आवश्यक मानवीय राहतलाई रोकेका छन्,’ ब्लिंकनले भने, ‘महत्वपूर्ण कूटनीतिक संलग्नताका बाबजुद टिग्रेको द्वन्द्वलाई अन्त्य गर्न वा राजनीतिक संकटको शान्तिमय समाधानका लागि दुवै पक्षले कुनै अर्थपूर्ण कदम चालेका छैनन् ।’ 

इथियोपियाले मानवअधिकार उल्लंघनको छानबिन गर्न प्रतिबद्ध रहको बताएको छ भने इरिट्रियाले सेना फिर्ता गर्ने वाचा गरेको छ। 

त्यस्तै आम नागरिकको सामूहिक हत्या, बलत्कार, लुटपाटको रिपोर्ट पाएसँगै युरोपेली संघले पनि ती देशमाथि सबै अनुदान र राहतका लागी छुट्याएको बजेट रद्द गरेको छ। 

प्रकाशित मिति: १२:३५ बजे, सोमबार, जेठ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्