Kathmandu Press

कोरोनाको कारण भारतमा तीन लाख बढीको मृत्यु 

नयाँ दिल्ली, जेठ १० : कोरोना भाइरस संक्रमणका कारण भारतमा ३ लाखभन्दा बढीको मृत्यु भएको छ।कोरोनाको दोस्रो लहर फैलिएपछि मृत्युदर उच्च भएसँगै भारतमा...
कोरोनाको कारण भारतमा तीन लाख बढीको मृत्यु 

नयाँ दिल्ली, जेठ १० : कोरोना भाइरस संक्रमणका कारण भारतमा ३ लाखभन्दा बढीको मृत्यु भएको छ।

कोरोनाको दोस्रो लहर फैलिएपछि मृत्युदर उच्च भएसँगै भारतमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७ सय ५१ पुगेको हो। विज्ञहरुले मृत्युको वास्तविक संख्या बढी हुन सक्ने बताएका छन् ।

Hardik ivf

अमेरिका र ब्राजिलपछि भारत विश्वमा कोरोना संक्रमणका कारण मृत्युदर उच्च भएको तेस्रो राष्ट्र भएको छ। भारतमा गत अप्रिलयता कोरोना संक्रमणका कारण १ लाख बढी मानिसको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले बताएको छ। 

कोरोना संक्रमणको उच्च वृद्धिभएसँगै अस्पतालमा शैया, अक्सिजन र आवश्यक औषधिको अभाव भएको स्वास्थ्य मन्त्रालयले बताएको छ। 

भारतमा हालसम्म कोरोना भाइरसका संक्रमितको संख्या २ करोड ६७ लाख ५२ हजार ४ सय ४७ जना छ भने मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७ सय ५१ छ । त्यस्तै निको हुने २ करोड ३७ लाख २८ हजार ११ जना छन्। 

प्रकाशित मिति: ११:५४ बजे, सोमबार, जेठ १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्