Kathmandu Press

इटालीमा केबलकार दुर्घटना, १४को मृत्यु

रोम, जेठ १० : उत्तरी इटालीको माज्जोरे ताल नजिकै केबलकार दुर्घटना भएको छ । स्ट्रेसा शहरबाट मोट्टारोन हिमालतर्फ जाने क्रममा आइतबार भएको केबलकार...
इटालीमा केबलकार दुर्घटना, १४को मृत्यु

रोम, जेठ १० : उत्तरी इटालीको माज्जोरे ताल नजिकै केबलकार दुर्घटना भएको छ । स्ट्रेसा शहरबाट मोट्टारोन हिमालतर्फ जाने क्रममा आइतबार भएको केबलकार दुईघटनामा १४ जानको मृत्यु भएको छ ।

मत्यु हुनेमा पाँच जना इजरायली नागरिक रहेको बताइएको छ । इजरायली परराष्ट्र मन्त्रालयले नौ वर्षिय बालकसहित आफ्ना पाँच नागरिकको मृत्यु भएको पुष्टी गरेको छ।

Hardik ivf

दुुर्घटनामा परि पाँच वर्षीय बालक गम्भीर घाइते भएको अधिकारीहरुले बताएका छन् । उनको टुरिन अस्पतालमा उपचार भइरहेको छ।

घटनाको कारण पत्ता लागिनसकेको र अनुसन्धान भइरहेको स्ट्रेसाका मेयर मार्सेला सेभेरिनोले बताएका छन् ।

इटालीका प्रधानमन्त्री मारियो द्रघीले यसलार्य अत्यन्तै दुखद दुर्घटना भएको बताएका छन् । उनले मृतकका परिवारहरुप्रति गिहिरो सम्वेदना व्यक्त गरेका छ्न। 

प्रकाशित मिति: ११:११ बजे, सोमबार, जेठ १०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्