पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन
सुनसरी, जेठ १० : पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । भोजपुर निवासी बस्नेतको ७४ वर्षको उमेरमा उपचारका क्रममा विपी...
सुनसरी, जेठ १० : पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । भोजपुर निवासी बस्नेतको ७४ वर्षको उमेरमा उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबार बिहान ३ः३० बजे निधन भएको हो।
बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत हुन्।
पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आउनुभएका बस्नेत विभिन्न सामाजिक सङ्घसंस्थामा सक्रिय रहनुभएको थियो । बस्नेतका श्रीमती र दुई छोरा हुनुहुन्छ ।
प्रकाशित मिति: १०:१८ बजे, सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











