दुर्घटनामा नगरपालिका प्रवक्ताको मृत्यु
बैतडी, असार ५ : मोटरसाइकल दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ।
पुर्चौडी नगरपालिका&ndas....

बैतडी, असार ५ : मोटरसाइकल दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ।
पुर्चौडी नगरपालिका–४ का वडाध्यक्षसमेत रहेका भट्ट गत बुधबार मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।
उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले बताए।
वडा कार्यालयबाट घर जाँदै गर्दा गत बुधबार पुर्चौडी–४ को चक्कीबगड भन्ने स्थानमा बा २ ब २५२ नं.को मोटरसाइकल दुर्घटनामा परेका थिए।
दुर्घटनामा परी गम्भीर घाइते भट्टको जिल्लामा उपचार हुन नसेपछि कोहलपुर लगिएको थियो।
प्रकाशित मिति: ११:५९ बजे, बिहीबार, असार ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











