Kathmandu Press

प्रहरीद्वारा १० हजार अक्सिजन सिलिण्डर सङ्कलन

काठमाडौं, जेठ १० : नेपाल प्रहरीका सक्रियतामा देशभरका विभिन्न स्थानबाट आजसम्म करीब १० हजार अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पताल र उद्योगमा वितरण गरिएको छ। नेपालमा...
प्रहरीद्वारा १० हजार अक्सिजन सिलिण्डर सङ्कलन

काठमाडौं, जेठ १० : नेपाल प्रहरीका सक्रियतामा देशभरका विभिन्न स्थानबाट आजसम्म करीब १० हजार अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पताल र उद्योगमा वितरण गरिएको छ। 

नेपालमा कोभिड–१९ सङ्क्रमितका लागि अक्सिजन अभाव भएपछि प्रहरीले गत वैशाख २६ गतेदेखि अनावश्यक क्षेत्रमा प्रयोग भइरहेका सिलिण्डर खोजी अभियान थालेको थियो। सोही क्रममा आजसम्म १० हजार २६ सिलिण्डर सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा मात्रै दुई सय ३३ अक्सिजन सिलिण्डर  सङ्कलन गरिएको जनाइएको छ। तीमध्ये २०४  भरिएका र २९  खाली सिलिण्डर छन्।

आवश्यकताभन्दा बढी अक्सिजन राख्ने व्यक्ति, विभिन्न सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, लकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा मौज्दाज गरिराखिएका अक्सिजन सिलिण्डर सङ्कलन गरिएको प्रहरीले जनाएको छ।  

यसैबीच विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनका सिलसिलामा पछिल्लो २४ घण्टामा उल्लङ्घन गर्ने एक हजार ७६७ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले मास्क वितरण अभियान पनि सँगसँगै चलाएको छ। 

प्रकाशित मिति: ०७:०१ बजे, सोमबार, जेठ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्