Kathmandu Press

कांग्रेस नेतृ देउवाद्वारा अक्सिजन कन्सेन्ट्रेटर प्रदान

कांग्रेस नेतृ देउवाद्वारा अक्सिजन कन्सेन्ट्रेटर प्रदान

काठमाडौं, जेठ ९ : नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले धनगढीको सेती प्रादेशिक अस्पताललाई आज अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेकी छिन् ।

नेतृ डा देउवाले प्रादेशिक अस्पताललाई दुई थान अक्सिजन कन्सेन्ट्रेटर उपलब्ध गराउनु भएको अस्पतालले जनाएको छ । सो अक्सिजन कन्सेन्ट्रेटर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले आजै बुझेका हुन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसबाट कैलाली क्षेत्र नम्बर ५ को उम्मेदवार समेत हुनु भएकी नेतृ देउवाले यसअघि अक्सिजन प्लान्ट स्थापनाका लागि धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा रु। १० लाख आर्थिक सहयोग गरेको उमहानगरपालिकाले जनाएको छ ।

यस्तै अक्सिजन प्लान्ट स्थापनाका लागि उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा निर्माण व्यवसायी सङ्घ कैलालीले सहयोग गरेको छ ।

नगरप्रमुख नृपबहादुर वडलाई आज निर्माण व्यवसायी सङ्घ कैलाली परिवारले रु चार लाख २१ हजार सहयोगको चेक हस्तान्तरण गरेको छ । सो कोषमा सङ्गम सहकारी वचत तथा ऋण सहकारी संस्थाले पनि रु ७५ हजार सहयोग गरेको छ । 

प्रकाशित मिति: १८:०९ बजे, आइतबार, जेठ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्