Kathmandu Press

नेपालप्रति ओलीको टिप्पणी– दुनियाँमै नभएको काम गर्नुभयो

नेपालप्रति ओलीको टिप्पणी– दुनियाँमै नभएको काम गर्नुभयो

काठमाडौं, जेठ ९ : एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालप्रति कडा टिप्पणी गरेका छन्।

आइतबार पत्रकारहरूसँगको छलफलमा उनले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई हटाउन र विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन सघाएको भन्दै असन्तुष्टि व्यक्त गरे। नेता नेपालको कदमलाई उनले दुनियाँमा कहीँ पनि नभएको कार्य भएको उल्लेख गरे ।  

प्रधानमन्त्री ओलीले नेता नेपालले ‘डुप्लिकेट पार्टी’ दर्ता गरेको पनि भन्न भ्याए।  नेपालले षड्यन्त्र गरेकाले पार्टीका तर्फबाट स्पष्टीकरण सोधिएको र जवाफ हेरेर निर्णय गरिने उनको भनाइ थियो। 

ओलीले नेपालले केहीलाई भ्रममा पारेर हस्ताक्षर गराएको र हस्ताक्षर गरे पनि सच्चिएर आए, गल्ती महसुस गरे साथमा लिएर जाने स्पष्ट पारे। तर भिरबाटै खस्ने हो भने आफ्नो केही नलाग्ने उनले बताए।

प्रकाशित मिति: १७:५३ बजे, आइतबार, जेठ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्