Kathmandu Press

चुनावका लागि सरकारमा आउन प्रधानमन्त्रीको आह्वान

काठमाडौं, जेठ ९ : प्रधानमन्त्री केपी ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन गर्न सकिने स्पष्ट पारेका छन् । विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र...
चुनावका लागि सरकारमा आउन प्रधानमन्त्रीको आह्वान

काठमाडौं, जेठ ९ : प्रधानमन्त्री केपी ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन गर्न सकिने स्पष्ट पारेका छन् । 

विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रुपमा हस्ताक्षर गराएर प्रधानमन्त्रीका लागि दावी गरेको जनाउँदै उनले  यस कारण पनि मुलुक मध्यावधि निर्वाचनमा गएको बताए।

प्रेस चौतारी नेपालले आज आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा उनले निर्वाचनमा भाग लिन सबै पक्षलाई आग्रह गर्दै संविधानबमोजिम आफ्नो नेतृत्वको राष्ट्रिय सरकार बनाएर निर्वाचनमा जान आफू तयार रहेको स्पष्ट पारे। 

संसदीय राजनीतिक प्रणालीका आधारमा आफूले प्रधानमन्त्रीमा गरेको दावी उपयुक्त भए पनि विश्वासको मत पाउने सक्ने आधार नदेखेपछि राष्ट्रपतिले दुवै पक्षको दावी अस्वीकार गरेको धारणा उनले राखे । 
 
 

प्रकाशित मिति: १७:०१ बजे, आइतबार, जेठ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्