नौ सिलिन्डर विस्फोट हुँदा जनपुरधामका तीन होटल जलेर नष्ट
जनकपुर, असार ५ : नौ वटा सिलिन्डर विस्फोट हुँदा जनकपुरधामका तीन वटा पसल जलेर नष्ट भएका छन्।
आज बिहान ३ बजे जनकपुरधाम उपमहानगरपालिक....
जनकपुर, असार ५ : नौ वटा सिलिन्डर विस्फोट हुँदा जनकपुरधामका तीन वटा पसल जलेर नष्ट भएका छन्।
आज बिहान ३ बजे जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित गोविन्द मिष्ठान भण्डारबाट आगलागी सुरू भएको जनाएको छ। त्यहाँ रहेको एउटा सिलिन्डर विस्फोट हुँदा आगलागी भएको प्रहरीको अनुमान छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, एउटा सिलिन्डर विस्फोट भएर आगलागी भएपछि क्रमिक रुपमा अन्य सिलिन्डर पनि विस्फोट भएका थिए। त्यहाँ नौ वटा सिलिन्डर राखिएको र सबै विस्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आगलागी सुरू हुने वितिक्कै होटलका कामदारले प्रहरीलाई खबर गरेका थिए। लगत्तै प्रहरी, सेना र सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो।
बिहान ५ बजेमात्रै आगो नियन्त्रणमा लिएको जनाएको छ। गोविन्द मिष्ठान भण्डारसँगै रहेका अन्य दुई होटल पनि पूर्ण रुपमा नष्ट भएका छन्।
क्षतिको विवरण आइसहेको छैन। प्रहरीले विवरण संलकन गरिरहेको जनाएको छ। करिब ६० लाखको क्षति भएको प्रारम्भीक अनुमान छ।






