Kathmandu Press

ओलीले भने– जेठ १५ गते अध्यादेशमार्फत बजेट आउँछ

काठमाडौं, जेठ ९ : प्रधानमन्त्री केपी ओलीले जेठ १५ गते अध्यादेशमार्फत बजेट आउने बताएका छन्।आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले देशको भविष्यप्रति गैरजिम्मेवार भएर...
ओलीले भने– जेठ १५ गते अध्यादेशमार्फत बजेट आउँछ

काठमाडौं, जेठ ९ : प्रधानमन्त्री केपी ओलीले जेठ १५ गते अध्यादेशमार्फत बजेट आउने बताएका छन्।

आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले देशको भविष्यप्रति गैरजिम्मेवार भएर बजेट नआउने पनि स्पष्ट पारे।

उनले यो वर्षको बजेट कोभिड-१९  नियन्त्रणमा  केन्द्रित हुने बताए । यसअघि नै घोषणा गरिएका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिनेगरी बजेट ल्याइने उनको स्पष्टोक्ति थियो।

उनले यस वर्षको बजेटमा विकासका साह्रै ठूला आकांक्षा नराखिने बताए।

प्रकाशित मिति: १६:१० बजे, आइतबार, जेठ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्