स्वास्थ्यलाई हानि गर्ने स्यानिटाइजर उत्पादन गरेको भन्दै कारखानामा प्रहरीको छापा
काठमाडौं, जेठ ९ : स्वास्थ्यलाई हानि गर्ने स्यानिटाइजर उत्पादन गरेको भन्दै प्रहरीले तीन कारखानामा छापा मारेको छ।ललितपुरको सातदोबाटो तथा काठमाडौंका त्रिपुरेश्वर र क्षेत्रपाटीस्थित...
काठमाडौं, जेठ ९ : स्वास्थ्यलाई हानि गर्ने स्यानिटाइजर उत्पादन गरेको भन्दै प्रहरीले तीन कारखानामा छापा मारेको छ।
ललितपुरको सातदोबाटो तथा काठमाडौंका त्रिपुरेश्वर र क्षेत्रपाटीस्थित स्यानिटाइजर उत्पादन केन्द्रमा छापा मारिएको हो।
अपराध महाशाखाका अनुसार प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गाराज रेग्मी नेतृत्वको टोलीले सातदोबाटोस्थित मुख्य कारखाना र अन्य दुईवटा शाखामा छापा मारेको हो । कम्पनीले ‘प्लस ७५’ नामको स्यानिटाइजर उत्पादन गर्ने गरेको पाइएको महाशाखाको भनाइ छ।
कम्पनीले स्यानिटाइजर उत्पादनका लागि अनुमति पनि लिएको नदेखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ। उक्त कम्पनीबाट उत्पादित स्यानिटाइजर ‘प्रयोगशालामा गरिएको परीक्षणबाट स्वास्थ्यका लागि हानिकारक रहेको पुष्टि भएको बताइएको छ।
प्रहरीले कम्पनीसम्बद्ध केही व्यक्तिलाई नियन्त्रणमा पनि लिएको छ।
प्रकाशित मिति: १५:११ बजे, आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











