Kathmandu Press

केजरीवालले दिल्लीमा लम्ब्याए लकडाउन

नयाँ दिल्ली, जेठ ९ ः भारतको राजधानी दिल्लीमा कोरोनाका नयाँ संक्रमितको दर कम भए पनि लकडाउन अवधि बढाइएको छ।नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार लकडाउन...
केजरीवालले दिल्लीमा लम्ब्याए लकडाउन

नयाँ दिल्ली, जेठ ९ ः भारतको राजधानी दिल्लीमा कोरोनाका नयाँ संक्रमितको दर कम भए पनि लकडाउन अवधि बढाइएको छ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार लकडाउन पुनः एक साता थप्न आदेश दिएका हुन्। अब दिल्लीमा ३१ मेसम्म लकडाउन जारी रहनेछ।

Hardik ivf

१८ अप्रिलदेखि दिल्लीमा सुरु भएको लकडाउन २४ मेमा समाप्त हुँदै थियो । मुख्यमन्त्री केजरीवालले संक्रमित घट्ने सिलसिला जारी रहे र स्थितिमा सुधार आए ३१ मेउता लकडाउन हटाउने प्रक्रिया सुरु गर्ने बताएका छन् । ।

आइतबार पत्रकार सम्मेलनमा केजरीवालले एक महिनामा दिल्लीको अनुशासनका कारण कोरोनाको लहर कमजोर भइरहेको उल्लेख गरे। अप्रिलमा संक्रमण दर ३७ प्रतिशत पुगेको र अहिले मानिसहरु कम संक्रमित भइरहेका केजरीवालको भनाइ थियो।

प्रकाशित मिति: १४:३६ बजे, आइतबार, जेठ ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्