Kathmandu Press

कोरोना सङ्क्रमणका कारण कांग्रेस कञ्चनपुर क्षेत्रीय सचिवको निधन

कञ्चनपुर, जेठ ९ : नेपाली कांग्रेस कञ्चनपुर-२ का क्षेत्रीय सचिव सुदर्शन ऐरको ५२ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण शनिबार राति निधन भएको छ।...
कोरोना सङ्क्रमणका कारण कांग्रेस कञ्चनपुर क्षेत्रीय सचिवको निधन

कञ्चनपुर, जेठ ९ : नेपाली कांग्रेस कञ्चनपुर-२ का क्षेत्रीय सचिव सुदर्शन ऐरको ५२ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण शनिबार राति निधन भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा उनको निधन भएको हो ।

गत वैशाख २८ गते पिसिआरको नतिजा पोजेटिभ आएपछि घरमै आइसोलेसनमा बस्दै आएका ऐरलाई तीन दिनअघि मात्रै स्वास्थ्यमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको थियो। शुक्लाफाँटा नगरपालिका–९ सिसैया स्थायी घर भएका ऐर परिवारसहित कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा बसोबास गर्दै आएका थिए।

युवाबीच ऐर लोकप्रिय नेताका रुपमा स्थापित हुनुहुन्थ्यो । ऐरका श्रीमतीसहित एक छोरा र एक छोरी छन् । ऐरको निधन भएपछि सिङ्गो पार्टी जिल्ला समिति शोकमग्न भएको छ।

नेपाली कांग्रेस शुक्लाफाँटाका नेता तेज शाहले उनको निधनले पुरै पार्टी स्तब्ध भएको बताए।

प्रकाशित मिति: १३:५८ बजे, आइतबार, जेठ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्