Kathmandu Press

चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको मृत्यु

चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको मृत्यु

गान्सु, ९ जेठ : चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ। 

प्रतियोगितामा सहभागी भएकामध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका छन।  

Hardik ivf

चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो । प्रतियोगिता भइरहेको बेला एक्कासी मौसम खराब भएपछि कठांग्रिएर प्रतियोगीहरुको मृत्यु भएको जनाइएको छ ।  

पर्यटकीय क्षेत्रको रुपमा चर्चित बैयीन सहरको जङताइ भन्ने ठाउँमा स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे यो घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

मौसम अचानक गडबड भएर प्रतियोगीहरुलाई असर गरेपछि तत्कालै घटनास्थलमा उद्धारकर्ताहरु परिचालन गरिएको थियो। उनीहरुले नै मृतक र घाइतेहरुलाई उद्धार गरेका थिए। 

घटनामा परी केही प्रतियोगिहरु घाइते भएका र उनीहरुको उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

प्रतियोगितामा १७२ जना प्रतियोगी सहभागी भएका थिए। उनीहरुमध्ये अधिकांशको अवस्था सामान्य नै रहेको जनाइएको छ। 
 

प्रकाशित मिति: १२:५७ बजे, आइतबार, जेठ ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्