Kathmandu Press

डब्लुएचओले नेपाललाई छिट्टै स्वास्थ्य सामग्री दिने

काठमाडौं, जेठ ९ : विश्व स्वास्थ्य संगठन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना संक्रमणको दोस्रो लहरले आक्रान्त बनेका दक्षिण-पूर्वी एसियाली मुलुकहरुलाई ३ सय...
डब्लुएचओले नेपाललाई छिट्टै स्वास्थ्य सामग्री दिने

काठमाडौं, जेठ ९ : विश्व स्वास्थ्य संगठन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना संक्रमणको दोस्रो लहरले आक्रान्त बनेका दक्षिण-पूर्वी एसियाली मुलुकहरुलाई ३ सय ४० मेट्रिक टन स्वास्थ्य सामग्री प्रदान गरिसकेको जनाएको छ।

डब्लुएचओको दक्षिण-पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले हजारौं अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको बेड, टेन्ट र पीपीईहरु अहिले पाइएको बताइन् । ती सामग्री विभिन्न मुलुकका सबैभन्दा प्रभावित क्षेत्रमा पठाइएको उनको भनाइ छ।

खेत्रपालका अनुसार पछिल्लो साता भारतमा पठाइएका स्वास्थ्य सामग्री विभिन्न २६ राज्यमा पुगेका छन्। डब्लुएचओले गत साता ४ हजार अक्सिजन कन्सन्ट्रेटर, १ सय २० टेन्ट, ४ सय मेडिकल बेड, १२ लाख रेस्पिरेटर मास्क र ६ लाख ५० हजार स्याम्पिलिङ किट्स भारत पठाएको थियो ।

अहिले डब्लुएचओले बंगलादेशमा ६० मेट्रिक टनको स्वास्थ्य सामग्रीहरु पठाएको छ। केही साताभित्र नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकालगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइने डब्लुएचओले जानकारी दिएको छ।

प्रकाशित मिति: १२:४८ बजे, आइतबार, जेठ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्