कंगोमा ज्वालामुखी विस्फोट
किन्शासा, जेठ ९ : मध्य अफ्रिकी राष्ट्र कंगोमा ज्वालामुखी विस्फोट भएको छ। कंगोको पूर्वी शहर गोमा नजिकै नियरागंगो पहाडमा शनिबार ज्वालामुखी विस्फोट भएको हो...
किन्शासा, जेठ ९ : मध्य अफ्रिकी राष्ट्र कंगोमा ज्वालामुखी विस्फोट भएको छ। कंगोको पूर्वी शहर गोमा नजिकै नियरागंगो पहाडमा शनिबार ज्वालामुखी विस्फोट भएको हो ।
गोमा शहरबाट १० किलोमिटरको दुरीमा रहेको नियरागंगो पहाडमा ज्वालामुखी विस्फोट भएपछि कंगो सरकारले गोमा शहरवासीलाई स्थान खाली गर्ने आदेश जारी गरेको छ।
‘मानिसहरू वास्तवमै चिन्तित छन् र सरकारले शहर खाली गर्न आदेश जारी गरेको छ,’ पश्चिम र मध्य अफ्रिकाका प्रवक्ता टोम पेयर कोस्टाले भने।
नियरागंगो पहाडमा विषण ज्वालामुखी विस्फोट भएपछि हजारौं बासिन्दा अर्को अफ्रिकी मुलुक रुवाण्डातर्फ गएका छन्।
कंगोको सञ्चारमन्त्री पेट्रिक मुयायले जनतालाई त्रसित हनुको सट्टा शान्त रहन सल्लाह दिएका छन्।
हालसम्म ज्वालामुखी विस्फोटमा परी कुनै पनि क्षति नभएको अधिकारीहरुले बताएका छन् ।
प्रकाशित मिति: ११:१५ बजे, आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












