Kathmandu Press

माओवादी नेतामाथि गोली प्रहार घटनामा जसपा नेता पक्राउ

कपिलवस्तु, जेठ ९ : नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेमाथि गोली प्रहार गरेको घटनामा जनता समाजवादी पार्टी (जसपा)का नेता ओमप्रकाश यादव पक्राउ...
माओवादी नेतामाथि गोली प्रहार घटनामा जसपा नेता पक्राउ

कपिलवस्तु, जेठ ९ : नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेमाथि गोली प्रहार गरेको घटनामा जनता समाजवादी पार्टी (जसपा)का नेता ओमप्रकाश यादव पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले गोली प्रहार घटनामा दुई जनालाई पक्राउ परेको छ। पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१ का ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु नगरपालिका–२ का ३३ वर्षीय साकिर अलि पाखिया छन्। दुवै जनाले माओवादी नेता पाण्डेमाथि गोली प्रहार गरेको प्रहरीको भनाइ छ। 

पक्राउ परेका ओमप्रकाश जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा सदस्य सहसराम यादवका स्वकीय सचिव हुन्। ओमप्रकाशकै योजनामा गोली प्रहर भएको प्रहरीको दाबी छ। 

पाण्डेमाथि तीन जनाको समूहले जेठ ५ गते गोली प्रहार गरेको थियो। मोटरसाइकलमा आएका उनीहरू गोली हानेपछि भागेका थिए। 

घाइते पाण्डेको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। उनको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा उपचार भइरहेको छ। 

प्रकाशित मिति: ०७:२९ बजे, आइतबार, जेठ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्