आज पहाडी भूभागमा वर्षाको सम्भावना
काठमाडौं, जेठ ९ : जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशका पहाडी भू–भागमा क्षणिक वर्षा हुने जनाएको...
काठमाडौं, जेठ ९ : जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशका पहाडी भू–भागमा क्षणिक वर्षा हुने जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमसम्बन्धी बुलेटिन जारी गर्दै आइतबार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ। अन्य भू–भाग सामान्यतया मौसम सफा रहेको छ।
आज दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जनाएको । त्यस्तै, अन्य भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भू–भागका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ।
त्यस्तै, आज राति प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। बाँकी भू–भागमा आंशिक बदली रहने र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको प्रक्षेपण गरेको छ।











