Kathmandu Press

चीनले पठाएको स्वास्थ्य सामग्री तातोपानी हुँदै राजधानी भित्रिँदै

काठमाडौं, जेठ ८ : चीन सरकारले सहयोग स्वरूप प्रदान गरेको कोभिड–१९ सँग सम्बन्धित अक्सिजन सिलीण्डरलगायत स्वास्थ्य सामग्री शनिबार तातोपानी भन्सार कार्यालयमा आइपुगेको छ...
चीनले पठाएको स्वास्थ्य सामग्री तातोपानी हुँदै राजधानी भित्रिँदै
फाइल तस्बिर ।

काठमाडौं, जेठ ८ : चीन सरकारले सहयोग स्वरूप प्रदान गरेको कोभिड–१९ सँग सम्बन्धित अक्सिजन सिलीण्डरलगायत स्वास्थ्य सामग्री शनिबार तातोपानी भन्सार कार्यालयमा आइपुगेको छ ।

ती सामग्रीहरू भन्सार प्रकृया पूरा गरी शनिबार नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीलाई जिम्मा लगाइएको भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले बताए ।

अनुदानमा प्राप्त सामग्रीहरूमा १९५ लिटरको लिक्युड अक्सिजन सिलीण्डर १८ हजार ९०० केजी, २१० लिटरको लिक्युड अक्सिजन सिलीण्डर १० हजार १५० केजी,  अक्सिजन टिप ७५० थान र अक्सिजन इनालेटर ३०० थान रहेका छन् ।

उक्त सामग्रीहरू अति संवेदनशील भएकोले दमकलसहित प्रहरीको सूरक्षा घेरामा पठाइएको ढकालले बताए ।

प्रकाशित मिति: २०:४९ बजे, शनिबार, जेठ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्