मुख्यमन्त्री राउतको आरोप–केन्द्र सरकारले बजेटमार्फत प्रदेश सरकारको अधिकारमाथि हस्तक्षेप गर्यो
काठमाडौं, असार ४ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले बजेटमार्फत प्रदेश र स्थानीय सरकारका अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाए....
काठमाडौं, असार ४ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले बजेटमार्फत प्रदेश र स्थानीय सरकारका अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्।
राष्ट्रिय विकास समस्या समाधान समितिको ४५ औं बैठकमा बुधबार बोल्दै मुख्यमन्त्री राउतले संघीय सरकारको हस्तक्षेप प्रदेश र स्थानीय सरकारलाई स्वीकार्य नहुने चेतावनी पनि दिए।
राउतले केन्द्र सरकारले साना–साना आयोजनामा समेत बजेटमार्फत हस्तक्षेप गरेको विषयलाई स्पष्ट पार्नु पर्नेमा बताए। उनले मालपोतबाट उठाउने शुल्क प्रदेश सरकारले उठाउने खर्च गर्न पाउने व्यवस्था भएपनि संघीय सरकारको खातामा गइरहेको बताए।
संघीय सरकारले संविधान विपरीत तल्लो तहका सरकारमा ओभरल्यापिङ गरेको समेत बताए। आगामी आर्थिक वर्षको बजेटमा केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई बजेट कटौती गरेको मुख्यमन्त्री राउतले बताए। ‘बजेट जनसंख्याका आधारमा बाँडफाँड गर्नु पर्छ। तर, त्यसो भएन,’ उनले भने।






