चन्द्रागिरिमा १० शय्याको आइसोलेसन सेन्टर सञ्चालन
काठमाडौं जेठ ८ : चन्द्रागिरि नगरपालिमा १० शय्याको आइसोलेशन सेन्टर स्थापना गरिएको छ । चन्द्रागिरि–१२ बलम्बुस्थित नहुदा स्वास्थ्य क्लिनिकमा स्थापना गरिएको सो सेन्टरको...
काठमाडौं जेठ ८ : चन्द्रागिरि नगरपालिमा १० शय्याको आइसोलेशन सेन्टर स्थापना गरिएको छ । चन्द्रागिरि–१२ बलम्बुस्थित नहुदा स्वास्थ्य क्लिनिकमा स्थापना गरिएको सो सेन्टरको नगरप्रमुख घनश्याम गिरीले शुभारम्भ गरे ।
सो अवसरमा उनले नगरपालिकामा संक्रमितको संख्या वृद्धि भइरहेका अवस्थामा आइसोलेशन सेन्टरले स्थापना गरिएको बताए । १० शय्या सञ्चालनमा ल्याइए पनि बिरामीको आवश्यकता अनुसार शय्या थप गर्दै लैजाने उनले बताए ।
समुदाय स्तरबाट सञ्चालन भएको उक्त आइसोलेशन सेन्टरमा विकास महर्जनको संयोजकत्वमा व्यवस्थापन समिति गठन समेत गरिइएको छ । समितिले नै दैनिक सेवा सञ्चालन र व्यवस्थापनको जिम्मेवारी बहन गरेकोे छ ।
प्रकाशित मिति: १८:३२ बजे, शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











