Kathmandu Press

बाराही जात्रा स्थगन

टिस्टुङ, जेठ ८ : मकवानपुरको थाहा नगरपालिकामा प्रत्येक तीन वर्षमा लाग्ने प्रसिद्ध बाराही जात्रा कोरोना महामारीका कारण यस वर्ष पनि स्थगन गरिएको छ।अघिल्लो जात्रा...
बाराही जात्रा स्थगन

टिस्टुङ, जेठ ८ : मकवानपुरको थाहा नगरपालिकामा प्रत्येक तीन वर्षमा लाग्ने प्रसिद्ध बाराही जात्रा कोरोना महामारीका कारण यस वर्ष पनि स्थगन गरिएको छ।

अघिल्लो जात्रा सकिएको तीन वर्ष पुगेपछि गत वर्ष नै बाराही जात्रा हुनुपर्ने भए पनि कोरोना महामारीका कारण रोकिएको थियो। 

नगरमा कोरोना संक्रमण बढिरहेको र जात्रा चलाउँदा थप जोखिम हुने भएकाले यस वर्ष यही जेठ १५ देखि १७ गतेसम्म हुने जात्रा रोकिएको बज्रबाराही गुठी व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।

थाहा(६ बज्रबाराहीमा बसेको गुठी व्यवस्थापन समितिको बैठकले कोरोना महामारीका कारण यस वर्ष जात्रा हुन नसक्ने भएकाले नित्य पूजाको कार्यक्रम मात्र सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताए।

नगरपालिकामा कोरोना संक्रमण दर बढिरहेको र निषेधाज्ञासमेत जारी रहेकाले नगर कार्यपालिकाले जात्रा स्थगन गर्न आग्रह गर्दै आएको थियो। रासस

प्रकाशित मिति: १४:५० बजे, शनिबार, जेठ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्