प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षमा उत्रिन नेविसंघको आह्वान
काठमाडौं, जेठ ८ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवीभण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षमा...
काठमाडौं, जेठ ८ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवीभण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षमा उत्रन आह्वान गरेको छ।
नेविसंघ अध्यक्ष राजीव ढुंगानाले आज (शनिबार) एक विज्ञप्ति निकालेर युवा तथा विद्यार्थीलाई संघर्षको मैदानमा उत्रिन आह्वान गरेका हुन्। शुक्रबार राति राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेर आगामी कात्तिक र मंसिरमा निर्वाचनको मिति घोषणा गरेकी थिइन्।
नेविसंघले कोरोना कहरले देश आक्रान्त भएको र जनताको ज्यान गुमिरहेको अवस्थामा राष्ट्रपति र प्रधानमन्त्रीले लोकतन्त्रविरूद्ध षड्यन्त्रको तानाबाना बुनेको आरोप लगाएको छ।
लोकतन्त्र संकटमा परेको र राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली सर्वसत्तावाद लाद्न उन्मुख देखिएकोले सबैलाई संघर्षमा उत्रन नेविसंघले आह्वान गरेको विज्ञप्तिमा जनाइएको छ।












