Kathmandu Press

कोरोनाविरुद्ध लड्न चीनले बंगलादेशलाई सहयोग गर्ने

काठमाडौं, जेठ ८ : चीनले कोभिड १९ का विरुद्धमा लड्नका लागि दक्षिण एसियाली छिमेकी राष्ट्र बंगलादेशलाई सहयोग गर्ने जनाएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले...
कोरोनाविरुद्ध लड्न चीनले बंगलादेशलाई सहयोग गर्ने

काठमाडौं, जेठ ८ : चीनले कोभिड १९ का विरुद्धमा लड्नका लागि दक्षिण एसियाली छिमेकी राष्ट्र बंगलादेशलाई सहयोग गर्ने जनाएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले सो कुरा बताएका हुन् । उनले कोभिडका विरुद्धमा लड्नका लागि चीनले बंगलादेशलाई सहगोग गर्न तयार छ र आगामी दिनमा यस महामारीका विरुद्धमा लड्नका लागि अवाश्यक सहयोग गर्ने बताएका छन्।

चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार बंगलादेशका विदेशमन्त्रीसँगको फोनवार्ताका क्रममा सो प्रतिबद्धता व्यक्त गरेको बताइएको छ । शनिबार बिहान चिनियाँ विदेशमन्त्री वाङ यी र बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमिनसँग फोनवार्ता गरेका थिए ।

त्यस वार्ताका क्रममा चिनियाँ विदेश मन्त्री यीले चीन र बंगलादेश दुई असल मित्र राष्ट्र भएकोले विगत लामो समयदेखि नै एक अर्काको सहयोगमा निरन्तरता दिइ आएको पनि बताए।

उनले चीन बंगलादेशको स्वतन्त्रता, राष्ट्रियता, क्षेत्रीय अखण्डताकाका पक्षमा रहेको र आगामी दिनमा पनि रहने पनि सो फोनवार्ताका क्रममा दोहोराएको समाचारमा जनाइएको छ।

विदेश मन्त्री यीले हाल विश्वमा फैलिएको कोरोना भाइरस मानवीयता विरुद्धको सत्रु नै रहेकोले विश्वका कतिपय देशलाई यस भाइरसकाविरुद्धमा लड्नका लागि चीनले सहयोग गरिरहेको र बंगलादेशलाई पनि आगामी दिनमा कोभिडका विरुद्धमा लड्न सहयोग गर्ने बताएका थिए । 

प्रकाशित मिति: १३:०८ बजे, शनिबार, जेठ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्