जहाज दुर्घटनामा नाइजेरियाका सेना प्रमुखसहित १० जनाको मृत्यु
काठमाडौं, जेठ ८ : जहाज दुर्घटनामा परी अफ्रिकी मुलुक नाइजेरियाका सेना प्रमुखसहित १० उच्च सैनिक अधिकारीको मृत्यु भएको छ।शुक्रबार सेना प्रमुख इब्राहिम अत्ताहिरूसहित अन्य...
काठमाडौं, जेठ ८ : जहाज दुर्घटनामा परी अफ्रिकी मुलुक नाइजेरियाका सेना प्रमुखसहित १० उच्च सैनिक अधिकारीको मृत्यु भएको छ।
शुक्रबार सेना प्रमुख इब्राहिम अत्ताहिरूसहित अन्य उच्च सैनिक अधिकारी चढेको जहाज उत्तरी राज्य काडुनामा दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
नाइजेरियाको हवाई सेनाले कडुना विमानस्थलनजिकै जहाज दुर्घटनामा परेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएको छ ।
तीन महिनाअघि नाइजेरियन एयर फोर्सको यात्रुवाहक जहाज इन्जिन फेल भएपछि अबुजा विमानस्थलनजिकै दुर्घटनामा परेको थियो। एजेन्सी
प्रकाशित मिति: १२:३९ बजे, शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)






