Kathmandu Press

ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं, जेठ ८ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले अपराह्न ४ बजेका लागि बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्। मुलुकको बदलिँदो...
ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं, जेठ ८ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आज (शनिबार) अपराह्न ४ बजेका लागि बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्।

मुलुकको बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न उक्त बैठक बस्न लागेको जनाइएको छ। बैठकमा आगामी कात्तिक र मंसिरका लागि घोषित निर्वाचन र पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनावको मिति घोषणा गरेपछि मुलुकको राजनीतिले कोल्टे फेरेको छ।

यो निर्णयको एमालेकै वरिष्ठ नेता माधव नेपाल समूहसहित विपक्षी गठबन्धनमा रहेका दलहरुले चर्को विरोध गर्दै आएका छन्। 

प्रकाशित मिति: ११:४४ बजे, शनिबार, जेठ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्