Kathmandu Press

पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी

काठमाडौं, असार ४ : सिंगापुरको क्रुजमा काम लगाइदिने भन्दै ६ करोड रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय अपर....

पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी

काठमाडौं, असार ४ : सिंगापुरको क्रुजमा काम लगाइदिने भन्दै ६ करोड रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय अपराध महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै ६ करोड ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुलकुमार थापाले जानकारी दिए।  उनका अनुसार पौडेललाई मकवानपुरबाट पक्राउ गरी बुधबार कामठाडौं ल्याइएको हो।

काठमाडौंको विशालनगरमा ‘द एपेरिङक फर्म प्रालि’ नामक ट्रेनिङ सेन्टर खोलेर पौडेलले विभिन्न व्यक्तिलाई ठगी गरेको एसएसपी थापाले बताए। पौडेलले सिंगापुरको सोलास कम्पनीको पानीजहाजमा काम लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई भारतको लखनउमा पठाएर तालिमसमेत दिने गरेको अनुसन्धानबाट खुलेको उनले बताए।

पक्राउ परेका पौडेलले काम गर्न जाने लागत पाँच लाख र तलब अमेरिकन ६५० डलर हुने प्रलोभन देखाएर ३०० भन्दा बढीको ६ करोड ठगी गरेको महाशाखाको दाबी छ। 

प्रकाशित मिति: १५:४८ बजे, बुधबार, असार ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्