Kathmandu Press

नेपालगञ्ज मेडिकल कलेजमा संक्रमितको निःशुल्क उपचार

बाँके, जेठ ८ : कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार गर्न थालिएको छ। सरकारी मापदण्ड अनुसार संक्रमितको शुक्रबारदेखि निःशुःल्क उपचार...
नेपालगञ्ज मेडिकल कलेजमा संक्रमितको निःशुल्क उपचार

बाँके, जेठ ८ : कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार गर्न थालिएको छ। 

सरकारी मापदण्ड अनुसार संक्रमितको शुक्रबारदेखि निःशुःल्क उपचार सुरु भएको अस्पतालका उपनिर्देशक डा. नितेश कनोडियाले बताए। अस्पतालमा कोरोनाका बिरामीलाई अक्सिजन, शय्या र उपचार खर्च निःशुल्क हुनेछ। 

अहिले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोना संक्रमितका लागि एक सय १५ वटा शय्याबाट बढाएर एक सय ३० शय्या बनाएको छ। संक्रमितको उपचारका लागि छुट्टै शय्या बनाइएको हो। 

त्यस्तै, संक्रमण नभएका बिरामीको उपचारलाई पनि अस्पतालले जारी राख्ने जनाएको छ। 

प्रकाशित मिति: ०८:१३ बजे, शनिबार, जेठ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्