Kathmandu Press

स्वास्थ्य सामाग्री महङ्गोमा बिक्री गर्ने मेडिकल सिल

हेटौंडा, जेठ ८ : बाग्मती प्रदेशको राजधानी हेटौँडामा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल सिल गरिएको छ। जिल्ला प्रशसन कार्यलय मकवानपुरले गरेको...
स्वास्थ्य सामाग्री महङ्गोमा बिक्री गर्ने मेडिकल सिल

हेटौंडा, जेठ ८ : बाग्मती प्रदेशको राजधानी हेटौँडामा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल सिल गरिएको छ। 

जिल्ला प्रशसन कार्यलय मकवानपुरले गरेको अनुगमनमा मेडिकलले अक्सिमिटर बजार मूल्यभन्दा निकै महङ्गोमा बिक्री गरेको जनाउदै राप्तीरोडमा रहेको ‘सान्वी मेडिको’ मेडिकल सिल गरेको हो। साथै मेडिकलका स्वास्थ्यकर्मी हेटौंडा–७ की २५ वर्षीया नीशा आचार्य र हेटौंडा–९ की  १८ वर्षीया मनिता मल्ललाई नियन्त्रणमा लिएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा सहित उपभोक्ता हित तथा संरक्षण मञ्च सहितको टोलीले अनुगमन गरेको थियो। सिल गरिएको मेडिकललाई कालोबजारी अन्तर्गतको मुद्धा चलाइने जनाइएको छ। उनीहरुलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको छ। 

त्यस्तै, निषेधाज्ञाको अवधिमा पनि सवारी साधन चलाएको जनाउदै वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट सोमवार २८ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। निषेधाज्ञालाई कार्यान्वयन गराउने क्रममा मकवानपुर प्रहरीले ति सवारी साधन नियन्त्रणमा लिएको हो ।

मकवानपुरमा कोरोना सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनको लागि गत वैशाख २० गतेदेखी लागू गरिएको निषेधाज्ञा हालसम्म जारी छ। 

प्रकाशित मिति: ०८:०२ बजे, शनिबार, जेठ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्