सङ्खुवासभामा पहिलोपटक दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौं, जेठ ७ : सङ्खुवासभामा पहिलो पटक कोरोना भाइरसबाट शुक्रबार दिउँसो दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सिलिचोङ गाउँपालिका –५ का ७०...
काठमाडौं, जेठ ७ : सङ्खुवासभामा पहिलो पटक कोरोना भाइरसबाट शुक्रबार दिउँसो दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिलिचोङ गाउँपालिका –५ का ७० वर्षीय भाङविर तामाङ र खाँदबारी नगरपालिका –१ का ६२ वर्षी हितकुमार नालामी रहेको जिल्ला अस्पताल सङ्खुवासभाकी प्रवक्ता सुजता पौडेलले जानकारी दिईन् ।
सङ्खुवासभामा हालसम्म ४ सय ९० जना कोरोना संक्रमित पुगेका छन् ।
प्रकाशित मिति: २०:२६ बजे, शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











