Kathmandu Press

एक सातापछि खुल्यो पाँच तारे हायात होटल

काठमाडौ, असार ४ : अनिश्चितकालको लागि बन्द गरिएको पाँच तारे हायात होटल आजबाट सञ्चालनमा आएको छ।

मजदुर आन्दोलनको कारण देखाउँदै व्यवस्थापनले होट....

एक सातापछि खुल्यो पाँच तारे हायात होटल

काठमाडौ, असार ४ : अनिश्चितकालको लागि बन्द गरिएको पाँच तारे हायात होटल आजबाट सञ्चालनमा आएको छ।

मजदुर आन्दोलनको कारण देखाउँदै व्यवस्थापनले होटल बन्दको घोषणा गरेको थियो। श्रम कार्यालयको रोहबरमा मजदुर र होटल व्यवस्थापनबीच वार्ताबाटै समस्या समाधान गर्ने सहमति भएपछि होटल खुलेको हो।  

होटल सञ्चालक तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सूचना जारी गर्दै होटल बन्द भएको जानकारी नेपाल स्टक एक्सचेन्ज र लगानीकर्ताहरूलाई गराएको थियो। वार्ताबाटै समाधान खोज्ने सहमतिपछि मजदुर काममा फर्किएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ती दाहालले बताए। ‘हामीहरू सहमतिकै पक्षमा थियौ, व्यवस्थापनलेनै अस्वीकार गरेको हो,’ दाहालले भने।

नेपाल स्टक एक्सचेन्जमार्फत् कम्पनीले मजदुर आन्दोलनका कारण सबै सेवा र सुविधा दिन असमर्थ रहेको जानकारी गराएको थियो। व्यवस्थापनले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को ३(१) विपरित कर्मचारीले आन्दोलन गरेको कम्पनीले दावी गर्दै बन्दको सूचना निकालेको थियो।

चार सय जनशक्ती रहेको होटलमा ट्रेड युनियनमा आवद्ध सबैले काम छाडेर माग पूरा गराउन दवाव दिएका थिए। वार्षिक नौ प्रतिशत तलव बृद्धि हुनुपर्नेमा व्यवस्थापनले पाँच प्रतिशतमा झारेको तथा भारतीय उच्च तहका कर्मचारीको ज्यादती भएपछि आन्दोलन गर्न बाध्य भएको दाहालको भनाइ छ।

सन् २००० मा होटल तारागाउँ विकास समिति, आइसिटिसी ग्रुप र भारतीय राधेश्याम सर्राफबीच भएको सम्झौताअनुसार हायात होटल सञ्चालनमा आएको थियो।

प्रकाशित मिति: १४:२२ बजे, बुधबार, असार ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्