गण्डकी प्रदेशका मुख्यमन्त्रीद्धारा कोरोना रोकथामका लागि ७२ पालिकामा बजेट विनियोजन
काठमाडौं, जेठ ७ : गण्डकी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री समेत सम्हालेका मुख्यमन्त्री एवं पृथ्वीसुब्बा गुरुङले स्वास्थ्य सुरक्षा सामग्रीसहित कोरोना रोकथामका कार्यक्रममा खर्च गर्ने...काठमाडौं, जेठ ७ : गण्डकी प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री समेत सम्हालेका मुख्यमन्त्री एवं पृथ्वीसुब्बा गुरुङले स्वास्थ्य सुरक्षा सामग्रीसहित कोरोना रोकथामका कार्यक्रममा खर्च गर्ने गरी मागका आधारमा प्रदेशका ७२ वटा स्थानीय तहमा पाँच लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेका छन् ।
आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पदभार ग्रहण गर्दै कोरोना सङ्क्रमितहरुको उपचारका लागि अक्सिजनसहितको कोभिड–१९ केयर युनिट (आइशोलेसन सेन्टर) सञ्चालनका लागि संरचना तयार, अक्सिजन पाइपलाइन जडान, अक्सिजन सिलिण्डर खरिद, फेस मास्क तथा पल्स अक्सिमिटर व्यवस्थापनमा सो बजेट विनियोजन गरेका हुन् ।
पदबहालीपछि कर्मचारीहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री गुरुङले कोरोना भाइरसँग जुध्नका लागि खोप खरिद र भण्डारण गर्दै गाउँगाउँसम्म खोप कार्यक्रम लैजानुपर्ने बताए। पिसिआर परीक्षणको नतिजा आउन ढिलाइ भएकाले समेत सङ्क्रमण तीव्ररूपमा फैलिएको बताउँदै उहाँले पिसिआर रिपोर्ट २४ घन्टाभित्र उपलब्ध गराउने गरी काम गर्न निर्देशन दिए ।
सरकारले स्वास्थ्य मन्त्रालयलाई स्मार्ट बनाउने र स्मार्ट हेल्थको कार्यक्रम अघि बढाउने योजना रहेको बताउँदै मुुख्यमन्त्री गुरुङले जिल्ला अस्पतालहरुको सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।