गणतन्त्रको नाममा ब्रह्मलुट भयो : कमल थापा
काठमाडौं, जेठ ७ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्ने बताएका छन् ।प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका...
काठमाडौं, जेठ ७ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको दाबीमा कुनै आधार नभएको भन्दै नेता थापाले विकल्प खोज्ने अवसर दिनुपर्ने बताएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, राष्ट्रपति महोदय,दुवै दावीमा संविधानको धारा ७६ (५)अनुसार बिश्वासको मत प्राप्त गर्ने आधार छैन। दुवै जाली र किर्ते हुन्। दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस्। यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे,लोकतन्त्रको नाममा ब्रम्हलुट गरे। अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।’
प्रकाशित मिति: १८:३४ बजे, शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











