माइतीघरको सभाले काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त, कुन सवारी कता डाइभर्सन ?
काठमाडौ, असार ४ : गुठी विधेयक खारेजीको माग गर्दै माइतीघरमा जारी खवरदारी सभाका कारण काठमाडौंमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।
महानगरीय....
काठमाडौ, असार ४ : गुठी विधेयक खारेजीको माग गर्दै माइतीघरमा जारी खवरदारी सभाका कारण काठमाडौंमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।
महानगरीय ट्राफिक प्रहरीका अनुसार सवारी व्यवस्थापन गर्न कठिन भएपछि विभिन्न स्थानमा सवारीलाई डाइभर्सन गरिएको जनाएको छ।
बिहानदेखि माइतीघर मण्डल वरपर चल्ने सवारी साधनलाई थापाथली, हनुमानस्थान, नयाबानेश्वर, सिडियो कार्यालय मोड, बबरमहल, सिंहदरवार र त्रिपुरेश्वरबाट डाइभर्सन गरिएको छ।
मुनिभैरवबाट नयाँबानेश्वर हुदै माइतिघरतर्फ आउने ठुला सवारी साधनलाई तीनकुनेबाटै डाइभर्सन गरिएको छ। साना सवारी साधनलाई भने नयाबानेश्वर चोकबाटै डाइभर्सन गरि थापागाँउतर्फ पठाइएको छ।
सिंहदरवारबाट माइतीघरतर्फ जाने सवारी साधनलाई अनामनगर र भद्रकाली हुदै पठाइएको छ। कुपण्डोलबाट थापाथली हुदै माइतीघर आउने सवारी साधनलाई थापाथली कोरिडोर र त्रिपुरेश्वर चोकबाट डाइभर्सन गरिएकोे महाशाखाले जनाएको छ ।
यस्तै बिजुलीबजार पुल, हनुमानस्थान र सिडियो मोडबाट पनि माइतीघर आउने सबै सवारी साधनलाई डाइभर्सन गरिएको छ। रत्नपार्कबाट भद्रकाली आउने सबै सवारी साधनलाई रणोद्धिप चोकबाट डाइभर्सन गरिएको छ।
त्यस्तै महाराजगंज, बालाजु, गंगबु, गौशाला, सिनामंगल, बल्खु र कंलकीबाट रत्नपार्कतर्फ आउने ठुला सवारी साधनलाई केहि समयको फरकमा आउने ब्यबस्था मिलाइएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ।






