Kathmandu Press

बाबुरामले भने– खुराफात चल्दैन

काठमाडौं, जेठ ७ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्नका निम्ति गरेको प्रस्तावलाई ...
बाबुरामले भने– खुराफात चल्दैन

काठमाडौं, जेठ ७ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री नियुक्ति गर्नका निम्ति गरेको प्रस्तावमा खुराफात गरी टार्ने ठाउँ नभएको बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव पेस गर्न शितलनिवास पुगेका डा.भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘धारा ७६ (२) बमोजिम १४९ सांसदहरुले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री नियुक्तिका निम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तु जालझेल गरी टार्ने ठाउँ छैन । खुराफात शीरोमणिहरुले पुनः जालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी गर्नुपर्छ ।’

प्रकाशित मिति: १६:४४ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्