Kathmandu Press

वर्षातले घर भत्कँदा एकको मृत्यु

दैलेख, जेठ ७ : लगातार दुई दिनयता परेको वर्षातका कारण दैलेख जिल्लाको भैरवी गाउँपालिका–२ वालेसैनीमा घर भत्कँदा एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीयबासी...
वर्षातले घर भत्कँदा एकको मृत्यु

दैलेख, जेठ ७ : लगातार दुई दिनयता परेको वर्षातका कारण दैलेख जिल्लाको भैरवी गाउँपालिका–२ वालेसैनीमा घर भत्कँदा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीयबासी जयबहादुर थापाकी ६२ वर्षीया श्रीमती लक्ष्मी रहेको जनाइएको छ। 

आज बिहान १०ः३० बजेतिर थापाको दुई तले कच्ची घरको अगाडिको बरन्डा भत्किँदा घाइते भएकी लक्ष्मीको उपचारका लागि अस्पताल ल्याइँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए। रासस

प्रकाशित मिति: १६:०२ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्